खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरका सबै खोप केन्द्र र खोप केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो ।

‘खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजना प्रदेश र सो मातहतको सम्बन्धित जिल्ला स्थित स्वास्थ्य कार्यालय र स्थानीय सरकार महानगर/उपमहानगर/नगरपालिका वा गाउँपालिकाले समन्वयमा गर्ने हुँदा सबै संवेदनशील बनिदिनु हुन र यथेष्ट खोप केन्द्रको व्यवस्था गर्न र सबै खोप केन्द्रहरू सञ्चालन भएका अस्पताल वा खोप केन्द्रमा खोप दिने जनशक्तिको व्यवस्थापनका लागि सम्बन्धित सबै पक्षलाई मन्त्रालय अपिल गर्दछ’ मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले हाल देशका विभिन्न जिल्लाहरूमा ५५ वर्षभन्दा माथिका नागरिकका लागि तथा विश्वविद्यालय र विद्यालयका शिक्षक, यातायात सेवामा संलग्न तथा यस अगाडि छुटेका अत्यावश्यक सेवामा कार्यरतहरूका लागि भेरोसेल तथा अब क्रमशः ५०– ५४ उमेर समूहमा जोन्सन एन्ड जोन्सनको खोप साथै ६५ वर्ष माथिका नागरिकहरूको दोस्रो मात्राको कोभिशिल्ड खोप पनि सुचारु हुने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सरकारले यहीँ साउन १५ गतेभित्र चीनबाट ३२ लाख डोज खोप ल्याइसक्ने जानकारी दिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस