३९ लाख वृद्धभत्ता चोरीको आरोपमा वडासचिव र प्राविधिक सहायक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

३९ लाख वृद्धभत्ता चोरीको आरोपमा वडासचिव र प्राविधिक सहायक पक्राउ


३ श्रावण २०७८, आइतबार


बझाङ । बझाङको बुङ्गल नगरपालिकामा ३९ लाख चोरीको आरोपमा वडासचिव र प्राविधिक सहायक पक्राउ परेका छन् ।

सामाजिक सुरक्षाबापतको उक्त रकम चोरीको आरोपमा बुङ्गल नगरपालिका–९ र ११ को वडा सचिवको रूपमा कार्यरत उपेन्द्र महतो र प्राविधिक सहायक खडक बहादुर सिंह पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार वडा नम्बर ९ र ११ को सामाजिक सुरक्षा बापतको ३९ लाख रकम वडा सचिव र प्राविधिक सहायकले चोरी गरेको भन्ने उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरुविरुद्ध आपराधिक लाभ र विश्वास घातसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

असार २९ गते वडा सचिव महतोको कोठाबाट उक्त रकम हराएको थियो । रकम हराएपछि वडा अध्यक्ष रामबहादुर बोहराले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले वडासचिव महतो र प्राविधिक सहायकलाई पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस