ब्राजिलमा कोभिड महामारी पुनः बढ्यो, २४ घन्टामा १ हजार ४५६ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ब्राजिलमा कोभिड महामारी पुनः बढ्यो, २४ घन्टामा १ हजार ४५६ जनाको मृत्यु


२ श्रावण २०७८, शनिबार


साओ पाओलो । कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि एक हजार ४५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा शनिवार त्यसको २४ घन्टा अघिदेखि गरेर एक हजार ४५६ जनाको ज्यान गएको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको सङ्ख्या ५ लाख ४० हजार ५८८ जना पुगेको छ ।

यहाँका अधिकारीहरुले शनिवार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड सङ्क्रमणबाट निधन भएको बताएका छन् । त्यसै गरी कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि गएको २४ घन्टामा करिब ४५ हजार जना रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको सङ्ख्या १ करोड ९३ लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा दुई महिना अघि कोभिडका सङ्क्रमितहरू घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो सङ्ख्या बढ्दै गएको देखिएको छ ।सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गरेको छ ।

ब्राजिलको साओ पाओलो सहर सबैभन्दा बढी सङ्क्रमणमा परेको सहर हो । ब्राजिलमा हरेक एक लाख जना सङ्क्रमितहरूमा २५७ जनाको निधन भएको तथ्याङ्कले देखाएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस