काँग्रेस संसदीय दलको बैठक आइतबार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँग्रेस संसदीय दलको बैठक आइतबार


२ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबारका लागि तय गरिएको छ । आइतबार प्रतिनिधि सभा बैठक बस्नु अघि दलको बैठक बस्ने भएको हो ।

प्रतिनिधि सभा पुनर्स्थापना पछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।

सरकारले सर्वोच्च अदालतको आदेशअनुसार साउन ३ मा प्रतिनिधिसभा बैठक बोलाएको छ । यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको काँग्रेस अब सत्तारुढ दलका रूपमा संसदमा भूमिका निर्वाह गर्नेछ ।

सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस