ओली र जसपा ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओली र जसपा ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता


२ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । जसपाका ठाकुरसहित राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिवार ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

जसपा स्रोतका अनुसार निवर्तमान प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट र सामान्य कुराकानी भएको हो । तर संसद् अधिवेशनका बारेमा भने कुनै कुरा नभएको बताइएको छ ।

जसपाको ठाकुर पक्षका नेताहरूले ओली सरकारलाई साथ दिएको थियो । जसपामा पनि अहिले यादव पक्ष र ठाकुर पक्ष दुई धार भएका छन् । यादव पक्षले शेरबहादुर देउवालाई साथ दिइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस