प्रदेश २ : दुई मन्त्रीले दिए राजीनामा, माओवादी केन्द्र सरकारमा सहभागी हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ : दुई मन्त्रीले दिए राजीनामा, माओवादी केन्द्र सरकारमा सहभागी हुँदै


२ श्रावण २०७८, शनिबार


जनकपुरधाम । प्रदेश २ को सरकारमा रहेका सत्ता पक्षका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंहले राजीनामा दिएका हुन् ।

आज मुख्यमन्त्री राउत समक्ष उनीहरूले राजीनामा बुझाएको र नयाँ मन्त्रीहरूको आजै शपथ हुने भएको छ ।

उनीहरूको ठाउँमा माओवादी केन्द्रका भरत साह र रुबी कर्णको नियुक्ति हुने पक्का भएको छ । भरत साहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी भएका छन् ।

आजै दिउँसो ३ बजे नयाँ मन्त्रीहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ । साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’बाट निर्वाचित र कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस