१५ गतेभित्र चीनबाट ३२ लाख भेरोसेल खोप आइसक्छ : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

१५ गतेभित्र चीनबाट ३२ लाख भेरोसेल खोप आइसक्छ : स्वास्थ्य मन्त्रालय


२ श्रावण २०७८, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने जानकारी दिएको छ । आगामी साउन ६ गतेबाट चीनबाट खरिद गरिएका थप खोपहरु आउने तथा त्यसपछि पछि निरन्तर अन्य खोपहरु नेपाल आउने क्रम जारी रहेन मन्त्रालयले जनाएको छ ।

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । तयसका लागि खोप व्यवस्थापन भइरहेको छ । सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ ।

मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी सबैले खोप लगाउन पाउने छौँ ।’

मन्त्रालयले कोभिसिल्ट खोपको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका सम्पूर्ण व्यक्तिहरूका लागि दोस्रो मात्राको खोप व्यवस्था भइसेको पनि जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस