महान्यायाधिवक्ता शपथ ग्रहणबारे राष्ट्रपति कार्यालयको स्पष्टोक्ति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महान्यायाधिवक्ता शपथ ग्रहणबारे राष्ट्रपति कार्यालयको स्पष्टोक्ति


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण राष्ट्रपति कार्यालयमा नभएको बारे राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेसँगै शुक्रवार महान्यायाधिवक्ता खातीले पद तथा गोपनीयताको शपथ सर्वोच्च अदालतमा लिएका थिए।

तर विगतमा भएजस्तै यसपालि राष्ट्रपति कार्यालयमा शपथ ग्रहण नभएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेका हुन्।

‘महान्यायाधिवक्ता पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०५२ को परिच्छेद ५ को दफा २१ मा महान्यायाधिवक्ता आफ्नो पदको कार्यभार सम्हाल्नुअघि प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ गर्नुपर्ने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

उनका अनुसार कोभिड-१९को महामारीको अवस्थालाई मध्यनजरमा राख्दै राष्ट्रपतिसामु हुनुपर्ने व्यवस्थाबाहेक प्रधान न्यायाधीशबाट शपथ ग्रहण गराउन भनेर गत वैशाख ५ गते नै पत्राचार गरिएको थियो।

त्यसो त प्रधानमन्त्री देउवाकै सपथ ग्रहणका लागि काटिएको पत्र र सपथपछि राष्ट्रपतिले बधाईसमेत नदिएको विषयमा पनि आलोचना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस