कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर सार्वजनिक


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । कर्मचारी सञ्चय कोषले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

कोषले साउन १ गते (आज) देखि सञ्चय कोष तथा निवृत्तभरण कोषमा कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

कोषका अनुसार सञ्चयकर्ता/योगदानकर्तालाई सञ्चय कोष तथा निवृत्तभरण कोषमा प्रदान गर्ने व्याज दर ६.५० प्रतिशत कायम गरेको छ भने सञ्चयकर्ता सापटीहरू तर्फ विशेष सापटीमा ७.६० प्रतिशत, घर सापटी, घर मर्मत सापटी तथा शैक्षिक सापटीमा ७.९० प्रतिशत र सरल चक्र कर्जामा ८ प्रतिशत तोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस