एमाले संसदीय दलको बैठकमा माधव नेपाल समूह अनुपस्थित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले संसदीय दलको बैठकमा माधव नेपाल समूह अनुपस्थित


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सत्ताबाट अध्यक्ष ओली बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो । आइतबार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस