काठमाडौँ । कोभिड नियन्त्रणमा बुटवल पावर कम्पनीले ५० लाख सहयोग गरेको छ ।
बुटवल पावर कम्पनी (बिपिसी) ले सञ्चालन गरेका तथा निर्माणाधीन चरणमा रहेका जलविद्युत आयोजनाहरू अवस्थित जिल्लाहरू प्युठान, स्याङ्जा, लमजुङ र मनाङ तथा धुलिखेल अस्पताल काभ्रेपलान्चोक लाई कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको लागि रु। ५० लाख बराबरको मेडिकल उपकरणहरू तथा आर्थिक सहयोग उपलब्ध गराएको हो ।
झिमरुक जलविद्युत केन्द्र, प्युठान जिल्लाको स्थानियवासिन्दाहरुलाई आइसोलेसन सञ्चालनको लागि रु १,००,००० आर्थिक सहयोग रकमका साथै रु। ६,००,००० बराबरको मेडिकल उपकरणहरू हस्तान्तरण गरेको छ । त्यस्तै आँधिखोला जलविद्युत केन्द्र, स्याङ्जा जिल्लाको गल्याङ्ग नगर अस्पताललाई रु७,००,००० बराबरको मेडिकल उपकरणहरू, न्यादी जलविद्युत आयोजना रहेको लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरूलाई सहयोग स्वरूप रु ७,००,००० बराबरको मेडिकल उपकरणहरू लमजुङ जिल्ला अस्पताल बेसिशहरलाई र रु २,००,००० बराबरको मेडिकल उपकरणहरू मर्स्याङ्दी गाउँपालिकालाई समेत उपलब्ध गराएको छ ।
यस कम्पनी र चिनियाँ लगानीकर्ताहरूको संयुक्त लगानीमा मर्स्याङ्दी नदीमा निर्माण हुने जलविद्युत आयोजना क्षेत्रका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी मनाङ जिल्ला अस्पतालको लागि
७ लाख बराबरको अक्सिजन सिलिन्डर खरिद गरी मनाङ जिल्ला अस्पताल पठाउने क्रममा अत्यधिक वर्षाको कारणले बाटो अवरुद्ध हुँदा लमजुङ जिल्लाको बेशीसहरमा राखिएको छ । बाटो खुलेपछि उक्त सामग्री मनाङ जिल्ला अस्पतालमा पठाउने व्यवस्था मिलाइएको कम्पनीले जानकारी गराएको छ ।
यस कम्पनी आबद्ध संस्था इन्डिपेन्डेन्ट पावर प्रोड्यूसर्स एसोसिएसन नेपाल मार्फत पाँच लाख ११ हजार एक सय ११ रुपैंया समेत कोभिड-१९ रोकथाम तथा नियन्त्रण कार्यका लागि सहयोग गरिएको छ ।
धुलिखेल अस्पताललाई कोभिड-१९ रोकथाम, नियन्त्रण तथाउपचारको लागि आवश्यक पर्ने उपकरणहरू खरिद गर्न लागि यस कम्पनीका सञ्चालक श्री ओम प्रकाश श्रेष्ठले धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा। रमेश मकाजुलाई असार ३० गते रु १५,००,००० को चेक समेत हस्तान्तरण गरे । यी कार्यहरूले कोभिड रोकथामका निमित्त केही मात्रामा भए पनि सहयोग पुग्ने कम्पनीले अपेक्षा राखेको छ ।