सेयर बजारमा पुँजीगत लाभकरको नयाँ व्यवस्था कार्यान्वयन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सेयर बजारमा पुँजीगत लाभकरको नयाँ व्यवस्था कार्यान्वयन


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । सेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था आज शुक्रवारबाट कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेटले गरेको व्यवस्थाअनुसार अब दुई खाले लगानीकर्तालाई फरक/फरक पुँजीगत लाभकर लाग्ने छ ।

आइतबारदेखिको सेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर लाग्ने छ ।

बजेटले एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्तालाई अल्पकालीन र एक वर्षभन्दा धेरै अवधिको लागि सेयर राखेर बिक्री गर्नेलाई दीर्घकालीन लगानीकर्ता मानेको छ । नयाँ पुँजीगत लाभकर गणना प्रणाली आइतबारको कारोबारबाट कार्यान्वयनमा आउने सिडिएससी एण्ड क्लेयरिङ हाउसले जनाएको छ ।

जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरिएको ७८ र ७९ को बजेटमा पुँजीगत लाभकरको नयाँ व्यवस्था गरिएको थियो । यसअघि सबै लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस