एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित


१ श्रावण २०७८, शुक्रबार


 

काठमाडौँ। नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । माधव नेपाल पक्ष अनुपस्थित भएको बैठकमा उपाध्यक्ष गौतम पनि सहभागी भएका छैनन् ।

केहीदिन अगाडि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा भने उपाध्यक्ष गौतम सहभागी भएका थिए । उक्त बैठकमा गौतमले गुण र दोषका आधारमा आफूले समर्थन वा विरोध गर्ने बताएका थिए ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बसिरहेको छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षबाट भने कोही पनि सहभागी भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस