आजबाट वृद्ध भत्ता र सरकारी कर्मचारीको बढेको तलब कार्यान्वयनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजबाट वृद्ध भत्ता र सरकारी कर्मचारीको बढेको तलब कार्यान्वयनमा


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । आजबाट नयाँ बजेट कार्यान्वयनमा आएको छ । योसँगै सरकारले बजेट मार्फत बढाएको वृद्ध भत्ता र सरकारी कर्मचारीको तलब पनि आजैबाट कार्यान्वयनमा गएको छ ।

जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब २ हजारले बढेको हो। २ हजार तलब निजामतिबाहेक ,शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढेको हो। अब कर्मचारीले साउनको तलब २ हजार रुपैयाँ बढेर पाउने छन्।

यस्तै सरकारले ३ हजारको भत्तालाई ४ हजार पुर्‍याएपछि अब वृद्धवृद्धाले पनि मासिक ४ हजार भत्ता पाउने छन्।

सरकारी कर्मचारी र वृद्धवृद्धाले असारसम्मको भने मासिक ३ हजार पाउँनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस