जसपाका अध्यक्ष भट्टराईसँग विप्लवको भेटवार्ता « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

जसपाका अध्यक्ष भट्टराईसँग विप्लवको भेटवार्ता


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले भेटवार्ता गरेका छन् ।

अध्यक्ष भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास सानेपा पुगेका छन् ।

भेटमा समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको जसपाका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

विप्लवले बिहीबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग संयुक्त छलफल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस