स्वास्थ्यकर्मीले फिर्ता गरे तलब भत्ता « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

स्वास्थ्यकर्मीले फिर्ता गरे तलब भत्ता


१ श्रावण २०७८, शुक्रबार


जाजरकोट । कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलब भत्ता फिर्ता गरेका छन् ।

स्वास्थ्य सेवा कार्यालयले झन्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झन्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । रु २३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलब भत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगत रूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलब भत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैशीले बताए।

तलब, भत्ता वितरण गर्दा न्याय समानताभन्दा पनि सबैको चित बुझाउने खालको भएका कारण आफूहरुले सो रकम फिर्ता गरेको एक स्वास्थ्यकर्मीले बताए । लामो समयदेखि तलब भत्ता नपाएका स्वास्थ्यकर्मीले धेरै सङ्घर्षपछि पाएको रकमसमेत असमानता भएको भन्दै आक्रोश पोखेका हुन् । त्यस्तै स्वास्थ्य सेवा कार्यालयका कर्मचारीबिचमा द्वन्द्वका कारण काम गर्न मुस्किल भएको कर्मचारी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस