नारायणी र त्रिशूली नदीमा आज बहाव बढ्ने, कहाँ–कहाँ बाढीको जोखिम ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नारायणी र त्रिशूली नदीमा आज बहाव बढ्ने, कहाँ–कहाँ बाढीको जोखिम ?


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नारायणी र यसका सहायक नदीहरु त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा आज पानीको बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाकाली, पश्चिम राप्ती, तिनाउ जलाधारका सहायक नदीहरुमा पनि बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

आज कोसी, कर्णाली र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुनेछ । यस्तै, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सबैमा सतर्कता तहभन्दा तलै रहने जनाइएको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, ताप्लेजुङ, भोजपुर, खोटाङ, ओखलढुङ्गा, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, तनहुँ, स्याङ्जा, कास्की, म्याग्दी, पर्वत, बागलुङ, नवलपुर, परासी, पाल्पा, गुल्मी, प्युठान, रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दिया, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस