दक्षिण अफ्रिकामा २० हजार सेना परिचालन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दक्षिण अफ्रिकामा २० हजार सेना परिचालन


१ श्रावण २०७८, शुक्रबार


दक्षिण अफ्रिका। निरन्तर प्रदर्शन र हिंसाका घटना बढ्न थालेसँगै दक्षिण अफ्रिकामा २० हजार भन्दा बढी सेना परिचालन गरिएको छ ।

पूर्व राष्ट्रपति ज्याकुब जुमा कारागार चलान भएसँगै उनका समर्थकले दिनहुँ गरेको प्रदर्शनका क्रममा चोरी, लुटपाट र आगजनीका घटना बढेको भन्दै त्यसलाई नियन्त्रणमा लिन सेना परिचालनगरिएको हो ।

सर्वसाधारणका प्रदर्शनहरु हिंसात्मक हुन थालेसँगै सेनाले गस्ती बढाएको छ । हालसम्म २२ सय भन्दा बढी प्रदर्शनकारीहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मुख्य सहरमा मात्र केन्द्रीय रहेका प्रदर्शनहरु बिस्तारै अन्य सहरमा पनि फैलन थालेपछि नियन्त्रणका लागि सेना परिचालन गरेको सरकारी अधिकारीहरुको दावी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस