२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्ष उपस्थित नहुने

अ+ अ-

काठमाडौँ । नेकपा एमाले आज अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रवार) बोलाएको स्थायी कमिटी बैठक बस्दै छ । संसद् पुनः स्थापनासँग पार्टीभित्रको तिक्तता थप बढिरहेकै बेला अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले शुक्रवार ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा आउन माधव नेपाल पक्षका नेताहरुलाई समेत खबर गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ ।  तर असन्तुष्ट माधव पक्षका नेताहरुले एक पक्षीय ढङ्गले बोलाएको बैठकमा सहभागी नहुने सम्भावना बताएका छन् ।

‘पार्टीभित्र तिक्तता बढेको छ । पहिला अध्यक्ष र वरिष्ठ नेता भेटवार्ता गरेर मात्रै बैठक बोलाउने भनिएकोमा सल्लाह नै नगरी बोलाएको बैठकमा हाम्रो समूह सहभागी हुने सम्भावना छैन’, एमाले उपाध्यक्ष समेत रहेका माधव पक्षका नेता युवराज ज्ञवालीले भने ।

यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सहमतिको खाका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो । कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो । तर, कार्यदलको सुझाव र एकताको भावना विपरीत अध्यक्ष ओलीले असार २८ गते सर्वोच्चको फैसलापछि वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भन्दै आरोप लगाएका छन् ।

उनले माधव नेकपालाई अब एमालेमा कुनै ठाउँ नभएको बताएका छन् । यसले एमाले एकता थप पेचिलो बन्दै गएको छ । एमालेको एकता जटिल बन्दै गइरहेको अवस्थामा दोस्रो तहका नेताहरुले भने सक्रियता बढाएका छन् । उनीहरुले टुटेको संवाद अघि बढाउन सक्रियता देखाएका छन् ।