एसईईको नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसईईको नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी


३१ असार २०७८, बिहिबार


काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र सार्वजनिक गर्ने तयारी रहेको छ ।

हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र साउन अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट आएको छ । बाढी पहिरो, निषेधाज्ञा, विद्यालयले पठाएको नतिजामा समस्या देखिएको कारण देखाएर धेरैजसो जिल्लाले परीक्षा नियन्त्रण कार्यालयमा रिपोर्ट पठाएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस