राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जनशक्ति यथावत् राख्न सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जनशक्ति यथावत् राख्न सिफारिस


३१ असार २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणलगायत कार्य सम्पन्न गर्न प्राधिकरणको अवधिभर विद्यमान जनशक्ति यथावत् राख्न सिफारिस गरेको छ ।

बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले कोभिड महामारी नियन्त्रणका लागि घोषित निषेधाज्ञाका कारण निजी आवास पुनर्निर्माणलगायतका कार्यमा अवरोध भएका कारण हाल कार्यरत कर्मचारीहरूको दरबन्दीलाई निरन्तरता दिने निर्णय गरेको हो ।

गत असार १० गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले वर्तमान संस्थागत संरचना र कार्य प्रणाली २०७८ पौष १० गतेसम्म यथावत् रहने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस