देशभर थप २,६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

देशभर थप २,६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु


३१ असार २०७८, बिहिबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस