युनियन लाइफको आइपिओ बाँडफाँड हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

युनियन लाइफको आइपिओ बाँडफाँड हुँदै


३१ असार २०७८, बिहिबार


काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ) आजै बाँडफाँड गर्ने तयारी गरिएको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बोर्डबाट स्वीकृत आउनेवित्तिकै सम्भवतः साँझ नै आइपिओ बाँडफाँड हुनेछ। आज नभएमा भोलि बिहान बाँडफाँड गरिनेछ।

आइपिओमा कुल २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए। तीमध्ये ४ हजार ८०१ जनाको दोहोरो आवेदनका कारण रद्द भएको छ भने ६५ हजार १७५ जनाको बैङ्किङ विवरण नमिल्दा रद्द भएको छ। यसरी कुल ६९ हजार ९७६ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

२१ लाख १२ हजार ७९९ आवेदक बाँडफाँडका लागि योग्य भएकोमा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ताका दरले आइपिओ पाउने छन्।

असार २४ देखि २८ गतेसम्म कम्पनीको आइपिओका लागि आवेदन खुलेको थियो।

यो पछिबाट खुलेको जीवन बिमा कम्पनी हो। नयाँ जीवन बिमा कम्पनीमध्ये यसअघि प्रभु, ज्योति र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन्।

आइएमई, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। यी कम्पनीहरूले पनि क्रमशः आइपिओ जारी गर्नेछन्।

सञ्चालनमा आइरहेको यस कम्पनीले चैत मसान्तसम्म खुद ८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीको खुद बिमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४६ पैसा छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा छ। कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेपछि भने प्रतिसेयर आम्दानी घट्नेछ। यसमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ।

सुलभ अग्रवाल, शेखर गोल्छा, शाहिलकुमार अग्रवाल, संदिपकुमार अग्रवाल लगायत संस्थापक छन्।

Tags :
प्रतिक्रिया दिनुहोस