प्रहरीलाई पर्यटन विदा माग गर्दै सर्वोच्चमा रिट दायर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रहरीलाई पर्यटन विदा माग गर्दै सर्वोच्चमा रिट दायर


३१ असार २०७८, बिहिबार


काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीलाई पनि पर्यटन विदा माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

अघिल्लो सरकारले बजेटमार्फत निजामती कर्मचारी, संस्थान र प्रतिष्ठानका कर्मचारीलाई उपलब्ध गराएको १० दिनको तलवसहितको पर्यटन विदा नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले पनि पाउनुपर्ने माग गर्दै अधिवक्ता डा। गणेश रेग्मीले सर्वोच्चमा रिट दिएका हुन् ।

सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उक्त रिट मर्का पर्ने पक्षबाटै नआएको भनी दरपीठको आदेश दिएका छन् । उनले अन्य सेवाका कर्मचारीले पाए सरह प्रहरीले विदा नपाएको र सञ्चित विदा लिन नपाएको कुरामा मर्का पर्ने प्रहरी कर्मचारीले निवेदन लिई आउनुपर्नेमा सरोकार नै नभएका निवेदकले सार्वजनिक हक र सरोकारको विवाद भनी अदालत आएकोले दर्ता गर्न नमिल्ने आदेश गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस