प्रहरी हवल्दारसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरी हवल्दारसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


३१ असार २०७८, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ, श्रेष्ठको लागि पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्काविरुद्ध अख्तियारले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

प्रहरी हवल्दार श्रेष्ठसँग ६० हजार रुपैयाँ बिगो माग गरिएको छ । थुनामा रहेका व्यक्ति छुटाउन पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्कासँग ३०/३० हजार बिगो माग गरिएको छ ।

पक्राउ परेका उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम बिगो माग गरिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ बमोजिम मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायण रिसालले जानकारी दिए ।

गत फागुन २३ गते घुस रकम ६० हजार रुपैयाँसहित अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस