काँग्रेस पदाधिकारी बैठक आज नबस्ने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस पदाधिकारी बैठक आज नबस्ने


३१ असार २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बोलाइएको पदाधिकारी बैठक नेताहरूको कार्यव्यवस्तताका कारण स्थगित भएको हो ।

बैठक अब शुक्रवार बस्ने एक नेताले जानकारी दिए । शुक्रवार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।

भदौमा पार्टीको १४ औैं महाधिवेशनको कार्य तालिका तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस