उपत्यकाका सिडिओहरूको बैठक बस्दै, लामो दूरीका यातायात चल्न दिनबारे निर्णय हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपत्यकाका सिडिओहरूको बैठक बस्दै, लामो दूरीका यातायात चल्न दिनबारे निर्णय हुने


३१ असार २०७८, बिहिबार


काठमाडौँ । उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ । लामो समयदेखिको लकडानउकोबारेमा थप छलफल गर्न आज तीन वटै जिल्लाका प्रजिहरुको बैठक बस्न लागेको हो ।

यसअघि थप गरिएको लकडाउनको अवधि आज सकिँदै छ । बैठकमा थप निषेधाज्ञाबारे छलफल गरिने तथा लामो दूरीका यातायात सञ्चालन गर्ने/नगर्नेबारे पनि निर्णय हुने जनाइएको छ ।

उपत्यकामा चल्ने सबै किसिमका सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने यसअघि नै हटाइसकिएको छ । तर बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनको हकमा भने उपत्यका भित्रिन पासको व्यवस्था गरिएको छ ।

आजको बैठकबाट लामो तथा छोटो दूरीका सवारी साधन पनि जोरबिजोर प्रणाली अनुसार चल्न दिनेबारे निर्णय हुने स्रोतले जानकारी दिएको छ ।

उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम कम हुँदै जाँदा उक्त निषेधाज्ञा पनि अवस्था हेरेर खुकुलो गरिँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस