नेपाल नागरिक उड्डयन प्राधिकरणमा भारी सङ्ख्यामा कर्मचारी माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल नागरिक उड्डयन प्राधिकरणमा भारी सङ्ख्यामा कर्मचारी माग


प्रशासन संवाददाता

३१ असार २०७८, बिहिबार


नेपाल नागरिक उड्डयन प्राधिकरण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ठुलो सङ्ख्यामा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ ।

प्राधिकरणले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न चौथो तह सहायकदेखि नवौँ तह प्रबन्धकसम्म (प्राविधिक/अप्राविधिक)का कर्मचारीका लागि भारी सङ्ख्यामा विज्ञापन गरिएको गोरखापत्रमा सूचना प्रकाशित गर्दै जानकारी दिएको छ । लिखित परीक्षा लोकसेवा आयोगले लिने छ ।

सूचना प्रकाशित भएको २१ दिन भित्र दरखास्त दिन भनिएको छ । दरखास्त प्राधिकरणको वेबसाइटमा अनलाइनमार्फत भर्नुपर्ने छ ।

यसैगरी प्राधिकरणले आन्तरिक प्रतियोगिता तथा कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पनि दरखास्त माग गरेको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस