रुपाकोटमा प्रदेश गौरवको सूचना प्रविधि पार्क बन्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रुपाकोटमा प्रदेश गौरवको सूचना प्रविधि पार्क बन्ने


प्रशासन संवाददाता

३१ असार २०७८, बिहिबार


पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रूपमा पोखरा रुपाकोटमा सूचना प्रविधि पार्कको निर्माण गर्ने भएको छ ।

नेपाल सरकारबाट भोगाधिकार प्राप्त ३.६ हेक्टरमा फैलिएको जग्गामा सूचना प्रविधि पार्कको निर्माण गर्न लागिएको हो। उक्त स्थानलाई सूचना प्रविधि पार्कको अतिरिक्त स्वच्छ र हरित पार्कको रूपमा विकास गर्ने लक्ष्य गण्डकी प्रदेश सरकारले लिएको छ ।

सूचना प्रविधिका २४० व्यावसायिक इकाई रहने उक्त सूचना प्रविधि पार्कको कूल लागत करिब रु १ अरब ३२ करोड रहने अनुमान गरिएको छ ।

प्रदेशको गौरवको आयोजनाको रूपमा रहने उक्त सूचना प्रविधि पार्कको सम्भाव्यता अध्ययन भइरहेको छ ।

गण्डकी प्रदेशमा सूचना प्रविधि पार्कको निर्माण प्रदेशको प्राथमिकता रहेको कुरा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

गण्डकी प्रदेशका प्रमुख सचिव डा। दामोदर रेग्मीले सूचना प्रविधि पार्कको निर्माणले गण्डकी प्रदेशले सूचना प्रविधिका विविध आयामहरूको विकास र प्रयोग गर्न सकिने तथा १२०० भन्दा बढी रोजगारी सिर्जना गर्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस