एक सय ६९ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ८ आश्विन २०७८, शुक्रबार
   

एक सय ६९ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ


३० असार २०७८, बुधबार


वाग्मती । प्रहरीले एक सय ६९ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

हेटौँडा–१५ रातोमाटेस्थित चेकपोष्ट नजिक प्रहरीले आज बिहान चेकजाँच गर्दा बिआर–१ जिजी ९४९५ नम्बरको भारतीय गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार गाँजासहित पक्राउ परेका दुईजना भारतीय नागरिक तथा गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ ।

पक्राउ पर्नेमा उक्त गाडीका चालक भारत मोतीहारीका ३० वर्षीय रवीन्द्र राय र सहचालक सोही ठाउँका ३१ वर्षीय मुक्तार सैफिक रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस