लागुऔषधसहित एक व्यक्ति पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लागुऔषधसहित एक व्यक्ति पक्राउ


३० असार २०७८, बुधबार


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका ४५ वर्षीय ललन गिरी रहेका प्रहरीले जनाएको छ ।

उनको साथबाट तीन हजार ट्याब्लेट नाइट्राभेट, २०० एम्पुल ब्रुप्रेनोर्फिन, २०० एम्पुल डाइजेपाम र २०० एम्पुल फेनारगन बरामद गरिएको छ । काठमाडौँ आउँदै गरेको बा ४ख ३२९५ नम्बरको बसलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित गिरीलाई फेला पारेको हो ।

यसैबिच काठमाडौँ आउँदै गरेको प्रदेश ०३–००१ ख ००८७ नम्बरको बसबाट एक हजार ५०० ट्याब्लेट लागुऔषध नाइट्राजेपाम नाइट्राभेट बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त बसको र्‍याकमा बेवारिसे अवस्थामा झोलाभित्र रहेको लागुऔषध प्रहरीले बरामद गरेको हो । झोलाबाट एक थान मोबाइल र एक थान भारतीय नम्बरको सिमकार्डसमेत बरामद गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस