माधव नेपाल जस्तो गद्दारलाई क्षमा गर्न सकिन्नँ: ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माधव नेपाल जस्तो गद्दारलाई क्षमा गर्न सकिन्नँ: ओली


३० असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा नदिने बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको बताएका छन् ।

ओलीले भने, ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने, उहाँहरुलाई मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन ।’

हिजो प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि नपुग्दै नेता नेपाल शीतल निवास पुगेको भन्दै उनले अघि भने, ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस