कालीगण्डकीको डाइभर्सन नगर्न सर्वोच्चको अन्तरिम आदेश जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कालीगण्डकीको डाइभर्सन नगर्न सर्वोच्चको अन्तरिम आदेश जारी


३० असार २०७८, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै कम नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण (डाइभर्सन) गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै काम नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

मंगलबार (हिजो) सुनुवाइ गर्दै जबराको इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकाले कालीगण्डकीको बहाव रोक्ने र पर्यावरण प्रतिकुल हुने गरी काम नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस