सरकारको प्रवक्तामा कानुन मन्त्री ज्ञानेन्द्र कार्की « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारको प्रवक्तामा कानुन मन्त्री ज्ञानेन्द्र कार्की


२९ असार २०७८, मंगलबार


काठमाडौँ । सरकारको प्रवक्तामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका छन् ।

मंगलबार राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरवारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकबाट कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

मन्त्रिपरिषद्को बैठकले कोभिड नियन्त्रणको विशेष सल्लाहकार नियुक्त गर्नेदेखि लिएर सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा फ्रन्टलाइनमा खटिने अन्य कर्मचारीलाई साता दिन भित्रै भत्ता उपलब्ध गराउनेलगायत निर्णय गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस