सच्चिएर सहकार्य गर्न राष्ट्रपतिलाई काँग्रेस प्रवक्ताको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सच्चिएर सहकार्य गर्न राष्ट्रपतिलाई काँग्रेस प्रवक्ताको आग्रह


२९ असार २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री नियुक्तिको पत्र सच्याउन आग्रह गरेका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख नगरी सर्वोच्च अदालतको फैसला अनुसार भनेपछि सभापति शेरबहादुर देउवाले शपथ ग्रहण गर्न मानी रहेका छ्रैनन् ।

यसै विषयलाई लिएर प्रवक्ता शर्माले सर्वोच्च अदालतले राष्ट्रपतिलाई प्रवृत्ति सच्याउन आदेश दिएको भन्दै सच्चिएर सहकार्य गर्न राष्ट्रपतिलाई प्रस्ताव गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘अब थोरै सच्चिएरै सहकार्य गरौँ सम्माननीय राष्ट्रपतिज्यू ! पत्र सच्चिने कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो, सर्वोच्चको फैसलाले ‘सरकार बदल्न’ मात्र होइन, यहाँ ‘संरक्षकलाई बदलिन’ समेत आदेश दिएको विषयलाई विनम्रसँग आत्मसात् गरौँ ।’

राष्ट्रपतिको पत्र सच्चिनुपर्ने देउवाको अडानका कारण शपथ कार्यक्रम रोकिएको छ भने शपथका लागि प्रधानमन्त्री देउवासहितका नेताहरू शीतल निवास पर्खिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस