लुम्बिनी सरकारले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लुम्बिनी सरकारले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने


२९ असार २०७८, मंगलबार


बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशस्थित चार वटा कोरोना अस्पतालमा कार्यरत स्थायी र करार कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो ।

प्रदेशका कोरोना अस्पतालमा कार्यरत चार सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना नियन्त्रण तथा रोकथाम कोषबाट भत्ता प्रदान गरिने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले जनाएका छन् । केन्द्र सरकारले पनि फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई जोखिम भत्ता दिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस