राष्ट्रपतिको विज्ञप्तिप्रति देउवाको आपत्ति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपतिको विज्ञप्तिप्रति देउवाको आपत्ति


२९ असार २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ति नसच्चिएसम्म शपथ ग्रहण नहुने बताएका छन् । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि त्यसमा देउवाले आपत्ति जनाएका हुन् ।

आफू संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६(५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् ।

यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बुढानीलकण्ठबाट बाहिरिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस