प्रधानन्यायाधीशको पुत्ला दहनको पत्रकार महासङ्घद्वारा भर्त्सना « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

प्रधानन्यायाधीशको पुत्ला दहनको पत्रकार महासङ्घद्वारा भर्त्सना


२९ असार २०७८, मंगलबार


काठमाडौँ । नेपाल पत्रकार महासङ्घले अदालतमाथि भएका अशोभनीय टिका–टिप्पणी र प्रधान न्यायाधीशको पुत्ला दहन गर्ने कार्यको समेत भर्त्सना गरेको छ।

सर्वोच्च अदालतको विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्ने फैसलाको स्वागत गर्दै महासङ्घले विज्ञप्तिमा भनेको छ ‘स्वतन्त्र न्यायपालिकामाथि कुनै पनि पक्षबाट प्रहार गर्न हुँदैन भन्नेमा महासङ्घको प्रस्ट दृष्टिकोण रहँदै आएको छ।’

सर्वोच्च अदालतको सो निर्णयले संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य, मान्यता पुनः स्थापना भएको महासङ्घको ठहर छ ।

महासङ्घका महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुनर्स्थापित प्रतिनिधि सभा र संसद्बाट निर्माण हुने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्दै सञ्चार क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा महासङ्घको रहेको पनि उल्लेख छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस