भोलिदेखि पेट्रोल पम्प, डिलर्स र ट्याङ्कर बन्द गर्ने पाँच विद्यार्थी सङ्गठनको चेतावनी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भोलिदेखि पेट्रोल पम्प, डिलर्स र ट्याङ्कर बन्द गर्ने पाँच विद्यार्थी सङ्गठनको चेतावनी


२९ असार २०७८, मंगलबार


काठमाडौँ । सत्तापक्षका पाँच विद्यार्थी सङ्गठनले भोलिदेखि पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर बन्द गर्न चेतावनी दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनको चरणमा रहेको विद्यार्थी सङ्गठनहरूले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई पत्रमार्फत ध्यानाकर्षण गराउँदै भोलि ९असार ३० गते० सम्पूर्ण पेट्रोल पम्प, डिलर्स र ट्याङ्करहरू सञ्चालन नगर्न चेतावनी दिएको हो ।

नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौँका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर भएको ध्यानाकर्षण पत्रमा सङ्गठनहरूले सम्पूर्ण सेवा सञ्चालन नगर्न आग्रह गर्दै बन्द नभए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी एसोसिएसन र महासङ्घ आफैँ हुने समेत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस