प्रहरी हवलदारसहित दुईविरुद्ध भ्रष्टाचारको मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरी हवलदारसहित दुईविरुद्ध भ्रष्टाचारको मुद्दा


२९ असार २०७८, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवलदारसहित दुई जनाविरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ।

आयोगले मंगलबार काठमाडौँको विशेष अदालतमा प्रहरी हवलदार बाबुराम घिमिरेसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो

उनका अनुसार हवलदार घिमिरेले केन्द्रीय अनुसन्धान ब्युरोमा भएको सुन व्यवसायको मुद्दा मिलाइदिने भन्दै ३ लाख ९९ हजार ५ सय रुपैयाँ घुस रकम लिएका थिए।

उनले अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर घुस लिएको अख्तियारले जनाएको छ।

घिमिरेले ब्युरोमा भएको सुन तस्करको मुद्दाको नक्कली फाइल खडा गरेका थिए। त्यसरी खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने धम्की दिई व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर घुस लिएको पुष्टि भएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

सो पुस्ट्याइँसँगै आयोगले हवलदार घिमिरे र स्वर्णकारसँग तीन लाख ९९ हजार ५ सय रुपैयाँ बिगो कायम गरी छ महिनादेखि एक वर्ष छ महिनासम्म कैद सजाय दिन माग गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस