देउवाको नियुक्तीबारे शीतल निवास मौन ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवाको नियुक्तीबारे शीतल निवास मौन !


२९ असार २०७८, मंगलबार


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएका हुन् भन्नेबारे राष्ट्रपति कार्यालयले खुलाएको छैन ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिबाट देउवालाई संविधानको कुन धारा अन्तर्गत नियुक्त गरियो भन्ने उल्लेख गरिएको छैन ।

राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा भने सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको उल्लेख छ ।

अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । राष्ट्रपतिले सो धारा बमोजिम दाबी गरेका देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको भन्दै जेठ ७ गते प्रधानमन्त्रीमा दुवैलाई नियुक्त नगरेपछि प्रतिनिधिसभा विघटन भएको थियो ।

यसबाट पनि देउवाको प्रधानमन्त्री नियुक्तिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीको असन्तुष्टि अनुमान लगाउन सकिन्छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस