२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजार परिसूचक नेप्से १६.३४ अङ्कले बढ्यो , कारोबार रकममा साढे ५ अर्बको गिरावट

अ+ अ-

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से १६.३४ अङ्कले बढेको छ । सरकार परिवर्तनको घटनाक्रमसँगै हरियाली बनेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने साढे चार अर्बको गिरावट आएको छ ।

मंगलबार नेप्से परिसूचक बढेर २ हजार ८७१ दशमलव ३ अङ्कमा पुगेको छ । सोमबार दोस्रो बजारमा सेयर कारोबार भएको १३ उपसमूहमध्ये १२ उपसमूह हरियाली बन्यो । लाइफ इन्स्योरेन्स उपसमूह भने ०.३९ प्रतिशतले घट्न पुग्यो ।

शून्य दशमलव ५७ प्रतिशतले बढेको बजारमा कारोबार रकम पाँच अर्ब ५४ करोड ६३ लाखमा सीमित भयो । जुन अघिल्लो दिनको तुलनामा चार अर्ब ४४ करोडले कम हो । आज दोस्रो बजारमा २२३ कम्पनीको एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर ५३ हजार हजार १३९ पटक कारोबार भएको थियो ।

मंगलबार आधार दर्जन कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भयो भने नौ कम्पनीको सेयर मूल्य पाँच प्रतिशत हाराहारीले बढ्यो । आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्सका लगानीकर्ता दोस्रोमा धेरै कमाउनेमा गनिए ।

यस्तै सानिमा लार्ज क्यापिटल फन्डका लगानीकर्ताले सबै भन्दा धेरै तीन दशमलव ०८ प्रतिशतले बजारबाट गुमाए । मंगलबार नेपाल बङ्गलादेश बैङ्कको सेयर सबैभन्दा धेरै कारोबार भएको थियो । यस्तै नेपाल लाइफ इन्स्योरेनस कम्पनी, एनआईसी एसिया बैङ्क, निर्धान उत्थान बैङ्क लगायतका कम्पनी पनि धेरै कारोबार हुने कम्पनीमा परे ।