सेयर बजार परिसूचक नेप्से १६.३४ अङ्कले बढ्यो , कारोबार रकममा साढे ५ अर्बको गिरावट « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सेयर बजार परिसूचक नेप्से १६.३४ अङ्कले बढ्यो , कारोबार रकममा साढे ५ अर्बको गिरावट


२९ असार २०७८, मंगलबार


शेयर बजार

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से १६.३४ अङ्कले बढेको छ । सरकार परिवर्तनको घटनाक्रमसँगै हरियाली बनेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने साढे चार अर्बको गिरावट आएको छ ।

मंगलबार नेप्से परिसूचक बढेर २ हजार ८७१ दशमलव ३ अङ्कमा पुगेको छ । सोमबार दोस्रो बजारमा सेयर कारोबार भएको १३ उपसमूहमध्ये १२ उपसमूह हरियाली बन्यो । लाइफ इन्स्योरेन्स उपसमूह भने ०.३९ प्रतिशतले घट्न पुग्यो ।

शून्य दशमलव ५७ प्रतिशतले बढेको बजारमा कारोबार रकम पाँच अर्ब ५४ करोड ६३ लाखमा सीमित भयो । जुन अघिल्लो दिनको तुलनामा चार अर्ब ४४ करोडले कम हो । आज दोस्रो बजारमा २२३ कम्पनीको एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर ५३ हजार हजार १३९ पटक कारोबार भएको थियो ।

मंगलबार आधार दर्जन कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भयो भने नौ कम्पनीको सेयर मूल्य पाँच प्रतिशत हाराहारीले बढ्यो । आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्सका लगानीकर्ता दोस्रोमा धेरै कमाउनेमा गनिए ।

यस्तै सानिमा लार्ज क्यापिटल फन्डका लगानीकर्ताले सबै भन्दा धेरै तीन दशमलव ०८ प्रतिशतले बजारबाट गुमाए । मंगलबार नेपाल बङ्गलादेश बैङ्कको सेयर सबैभन्दा धेरै कारोबार भएको थियो । यस्तै नेपाल लाइफ इन्स्योरेनस कम्पनी, एनआईसी एसिया बैङ्क, निर्धान उत्थान बैङ्क लगायतका कम्पनी पनि धेरै कारोबार हुने कम्पनीमा परे ।

Tags :
प्रतिक्रिया दिनुहोस