देशभर २३९८ जना कोभिड सङ्क्रमित थपिए , २०७८ जना सङ्क्रमणमुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

देशभर २३९८ जना कोभिड सङ्क्रमित थपिए , २०७८ जना सङ्क्रमणमुक्त


२९ असार २०७८, मंगलबार


काठमाडौँ ।  पछिल्लो २४ घण्टामा देशभर २ हजार ३९८ जना कोभिड सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको नमुना परीक्षण गर्दा सो सङ्ख्याका सङ्क्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७८ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ४१२ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस