प्रधानमन्त्री ओलीको सम्बोधन सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओलीको सम्बोधन सुरु


२९ असार २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन्।

सोमबार सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छिन्।

देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि ओली पदमुक्त भएका छन्। पदमुक्त भएपछि सिंहदरबारबाट उनले सम्बोधन गरिरहेका हुन्।

ओलीले आजै प्रधानमन्त्री निवास बालुवाटार छाड्ने तयारी गरेको स्रोतले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस