सात सदस्यीय मन्त्रिपरिषद् बनाउने देउवाको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सात सदस्यीय मन्त्रिपरिषद् बनाउने देउवाको तयारी


२९ असार २०७८, मंगलबार


काठमाडौँ । आज प्रधानमन्त्री बन्ने तयारीमा रहेका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । पाँचौँ पटक प्रधानमन्त्रीको शपथ लिन लागेका देउवाले सात सदस्यीय मन्त्रिपरिषद् गठनको प्रस्ताव गरेका हुन् ।

उनले नेपाली काँग्रेसबाट दुई, नेकपा माओवादी केन्द्रबाट दुई, जसपा र राजमाेबाट एक एक जनालाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

सरकारमा सहभागी हुने र नाम दिने विषयमा भने सम्बन्धित दलहरूले बैठकबाट निर्णय गर्न बाँकी नै छ ।

माओवादी केन्द्रले मन्त्रीका लागि निर्णय गर्न बैठक बोलाएको छ । जसपाको यादव पक्षले पनि बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस