एसइईको नतिजा साउन अन्तिमसम्म आउने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एसइईको नतिजा साउन अन्तिमसम्म आउने


२९ असार २०७८, मंगलबार


परीक्षाफल

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा साउन अन्तिमसम्म आउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेका कारण नतिजा आउन ढिलाइ हुने भएको हो ।

असार मसान्तसम्म सबै जिल्लाहरूलाई विवरण पठाउन समयसीमा दिएपछि हालसम्म विवरण आई नसकेको स्रोतको भनाइ छ । अब विवरण पठाउनको लागि समयसीमा थप नगर्ने बोर्डका एक पदाधिकारीले जानकारी दिए । सबै विवरण आएपछि बोर्डले विद्यार्थीको विवरण अद्यावधिक गरेर अन्तिम नतिजा प्रकाशित गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस