भेरोसिल र जोन्सन खोप लक्षित समूहलाई लगाउने निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भेरोसिल र जोन्सन खोप लक्षित समूहलाई लगाउने निर्णय


२८ असार २०७८, सोमबार


पोखरा । गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीको अध्यक्षतामा आज बसेको प्रदेश स्तरीय खोप समन्वय तथा अनुगमन समितिको बैठकले स्वास्थ्य सेवा विभागले उपलब्ध गराउने भेरोसिल र जोन्सन खोप लक्षित समूहलाई लगाउने निर्णय गरेको छ ।

भेरोसिल खोप ५५ वर्ष र सो भन्दा माथिका उमेर समूहका नागरिक प्राध्यापक शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालक अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरूलाई लगाइने छ भने जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक पूर्ण र अति अशक्त अपाङ्ग व्यक्ति स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूलाई लगाइने छ ।

भेरोसिल र जोन्सन खोप लगाउने व्यक्तिले आफ्नो पहिचान खुल्ने कागजात वा परिचयपत्र लिई उपस्थित हुनुपर्दछ ।

भेरोसिल खोप लगाउने कार्य तत्काल गरिने र जोन्सन खोप स्वास्थ्य सेवा विभागले खोप उपलब्ध गराउनेवित्तिकै सुरु गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस