सर्वोच्चको आदेश अनुसार देउवाको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वोच्चको आदेश अनुसार देउवाको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय


२८ असार २०७८, सोमबार


काठमाडौँ। विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ ।

कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदलगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतले देउवालाई मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस