समातामूलक समाज निर्माणका लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख पौडेल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

समातामूलक समाज निर्माणका लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख पौडेल


२८ असार २०७८, सोमबार


पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले समातामूलक समाज निर्माणका लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

जिल्ला समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘स्थानीय तहमा निर्वाचित दलित महिला सदस्य तथा जिसस पदाधिकारीको क्षमता अभिवृद्धि’ कार्यक्रमको उद्घाटन गर्र्दै उनले जातीय भेदभाव अन्त्यका लागि सम्बन्धीत सबै पक्ष सजग र सचेत हुनुपर्ने बताइन् ।

गण्डकी प्रदेश प्रमुख पौडेलले दलित समुदायको उत्थानका लागि नीति, कार्यक्रम तथा योजना तर्जुमादेखि कार्यान्वयन तहसम्म दलित जनप्रतिनिधिको अर्थपूर्ण सहभागिता हुनुपर्ने उल्लेख गर्दै ती समुदायको गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि दलित महिला सदस्यको भूमिका प्रभावकारी हुनुपर्छ भनिन्।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नेपालको संविधानको प्रस्तावनामा नै सबै खाले विभेद्को अन्त्य र मौलिक हकअन्तर्गत समानताको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकको व्यवस्था गरिएको बताउँदै जनप्रतिनिधिले आफ्नो अधिकारको प्रयोग गरेर सामाजिक रुपान्तरणमा जुट्नुपर्ने व्यक्त गरिन् ।

जिससका प्रमुख बैनबहादुर क्षेत्रीले सबै प्रकारका जातीय विभेद्, कुरीति, कुसंस्कार, अन्धविश्वासलगायत अमानवीय व्यवहारलाई निर्मूल पार्ने अभियानमा जनप्रतिनिधिहरु लाग्नुपर्नेमा जोड दिए ।

दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा कास्कीका ७२ वडाका ३६ जना दलित महिला सदस्यको सहभागिता रहेको जिससका उपप्रमुख सावित्री भण्डारीले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस