कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु


२८ असार २०७८, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै विपक्षी गठबन्धनको बैठक सुरु भएको छ ।

कोटेश्वरस्थित नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा पाँच दलीय विपक्षी गठबन्धनको बैठक सुरु भएको हो ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा -माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।

बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, काँग्रेस नेता कृष्ण सिटौला लगायतको उपस्थिति रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस